Dhulikhel Eco Banner new

बैंकहरूले सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाउने

1.55K
shares

काठमाडौँ, ३ असार । बैंक तथा वित्तीय संस्थाले सीईओ पद ३ महिना भन्दा धेरै खाली राख्न नपाउने भएको छ । केन्द्रीय बैंकले उच्च व्यवस्थापक पद खाली भएको ३ महिनाभित्र अनिवार्य नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली संशोधन मस्यौदा तयार गर्दै उच्च व्यवस्थापकको नियुक्ति अवधि, ओभर टाइम (ओटी) गर्ने समय लगायत विषयलाई संशोधन प्रस्ताव गरेको हो ।
केन्द्रीय बैंकको प्रस्तावित विनियमावली अनुसार विनियममा व्यवस्था गरिएका सेवाका शर्तको जानकारी प्राप्त गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ । यसको अज्ञानताले बैंक वा वित्तीय संस्थाको कामकारबाहीमा कुनै असर पर्ने छैन ।

बैंक वा वित्तीय संस्थाको सांगठनिक संरचना सञ्चालक समितिले निर्धारण गर्नेछ । त्यसैगरी मस्यौदामा बैंक वा वित्तीय संस्थाको पदहरूको दरबन्दी निर्धारण समय समयमा समितिले तोके बमोजिम हुनेछ । बैंक वा वित्तीय संस्थाले सेवामा रहेका कर्मचारीको खाइपाइ आएको तलबबाट र संस्थाको तर्फबाट छुट्याउनुपर्ने रकम प्रत्येक महिना प्रचलित कानुनबमोजिमको कोषमा जम्मा गर्नु पर्छ ।

आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वको लागि प्रत्येक कर्मचारीले खाइपाइ आएको एक महिनाको तलब भत्ता बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रुपमा पाउने व्यवस्था मस्यौदामा छ ।