झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार ३ बुधवार १५:२४
shares

काठमाडौं, ३ असार । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६३ करोड कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.३७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन् भने १०.७५प्रतिशत एसबिडिएल डिबेन्चर २०८९का लगानीकर्ताले ५.८८ प्रतिशतका दरले कमाएका छन् ।















