Dhulikhel Eco Banner new

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

416
shares

काठमाडौं, ३ असार । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६३ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एनएमबी डिबेन्चर १०.७५प्रतिशत२०८९/९०का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.६४ प्रतिशतका दरले गुमाएका छन् ।