Dhulikhel Eco Banner new

जसपा पर्सामा विद्रोह, केन्द्रीय सदस्यसहित दर्जनौंले दिए सामुहिक राजीनामा

5.63K
shares

काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी नेपालमा देखिएको शिर्ष तहको विद्रोह तल्लो तहसम्म देखिएको छ । केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव समूहले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहितलाई कारबाही गर्ने निर्णय गरेपछि केन्द्रीय तह विभाजन भएको छ ।

यादव समूहको निर्णय पछि पर्साको वीरगञ्जमा पनि विद्रोह सुरु भएको छ । शनिबार पर्सा क्षेत्र नम्बर ४ कमिटीम रहेका जसपाका सबै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले राजीनामाको घोषणा गरेका छन् । जसपा केन्द्रीय नेता अञ्जन शाक्यले पार्टीमा देखिएको मनपरीतन्त्र पछि आफूहरु सामुहिक रुपमा राजीनामा दिन बाध्य भएको बताएका हुन् ।

पर्सा क्ष्ँेत्र नम्बर ४ समितिले शनिबार विहान वीरगञ्जको कुमु प्यालेसमा पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । नेता शाक्यका अनुसार पर्सा–४ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश सदस्यदेखि सबैले राजीनामा दिएका छन् ।

राजीनामा घोषणा पछि आफूहरु अब स्वतन्त्र रहेको र विचार मिल्नेहरुसँग सहकार्य गरेर अघि बढ्ने केटिएम भ्वाइसलाई बताए ।