एक हप्तामै ६३ अर्बले घट्यो निक्षेप
वि.सं.२०७९ साउन १० मंगलवार १६:०२
shares

काठमाडौं, १० साउन । वाणिज्य बैंकहरुमा चालू आर्थिक वर्षको ६ दिनमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांक अनुसार साउन ६ गतेसम्म बैंकको निक्षेप ६३ अर्बले घटेको हो ।
असारको अन्तिम दिन बैंकमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेको थियो भने साउन ६ गतेआइपुग्दा ६३ अर्बले घटेर ४४ खर्ब ७८ अर्बमा झरेको हो । यो अवधिमा बैंकिङ प्रणालीमा निक्षेप मात्रै नभएर कर्जा प्रवाह समेत घटेको छ ।
यो अवधिमा कर्जा प्रवाह १० अर्ब रुपैयाँले घटेको छ । बैंकहरुले असार अन्तिममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । साउन ६ गतेसम्म आइपुग्दा १० अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६५ अर्बमा सिमित भएको छ । यो अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८७.७५ प्रतिशत रहेको छ ।















