Dhulikhel Eco Banner new

सुनको मुल्यमा सामान्य बृद्धि

5.42K
shares

काठमाडौं, २५ साउन । आज बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । त्यसतै चाँदी तोलामा १० रुपैयाँलै घटेको छ । सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ३० रुपैयाँ कायम भएको छ ।

मंगलवारका दिन नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको थियो । सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको थियो ।