मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
वि.सं.२०७९ भदौ ५ आइतवार ०९:४७
shares

काठमाडौं, ५ भदौ । मुक्तिनाथ क्यापिटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले साउन १ गतेदेखि भदौ ५ गतेसम्म बिक्री खुल्ला गरेको उक्त हकप्रदमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
क्यापिटलको गत कात्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएबमोजिम साविक शेयरधनीहरुका लागि ९१ः१० अनुपात अर्थात एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद जारी गरिएको थियो ।
क्यापिटलले अंकित मूल्य १०० रुपैयाँ दरका २० लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कशन गरेको हो । जसमा अब भदौ १९ गतेसम्म सम्बन्धित शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।















