गत हप्ता साढे १ प्रतिशतले बढेको शेयर बजार यो हप्ता कस्तो रहला ?
वि.सं.२०७९ भदौ ५ आइतवार ०९:२०
shares

काठमाडौं, ५ भदौ । गत साता नेप्से परिसूचक साढे १ प्रतिशतले बढेर कारोबार बन्द थियो । गत हप्ता ५ दिन मात्रै कारोबार भएको शेयर बजार दुई दिन उकालो लागेको थियो भने ३ दिन बजार घटेको थियो ।
अघिल्लो हप्ता २०३७ दशमलव ९२ विन्दुमा बन्द भएको नेप्से, गत साता ३० दशमलव ३४ अंक बढेर २०६८ दशमवल २६ विन्दुमा पुगेर बन्द भएको थियो । गत साता सोमबार र बिहीबार नेप्से उकालो लागेको थियो । साताको अन्तिम कारोबार दिन भने नेप्से बन्द रहेको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ । यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ ।
साताको अन्तिम कारोबार दिन नेप्सेमा बुलिश मैनबत्ती बनेको छ । यसले सो दिन बजारमा बिक्रीकर्ता माथि खरिदकर्ता हाबी भएको संकेत गर्दछ । साप्ताहिक रुपमा भने गत साता नेप्सेले बुलिश स्पीनिङ्ग टप मैनबत्ती बनाएको छ । यसले सो साता बिक्रीकर्ता कमजोर भएको संकेत गर्दछ ।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ । नेप्से उकालो लागेपनि गत साता भोल्यूम भने कमजोर देखिएको छ । गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब १० करोडको शेयर कारोबार भएको छ । यससँगै नेप्सेको २० दिने औषत ल्यूम २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २९.४७ प्रतिशत कम हो। बढ्दो बजारमा बढ्दो भोल्यूम हुनु आवश्यक छ । नेप्सेसँगै भोल्यूम बढ्दा सो वृद्धिलाई बलियो मानिन्छ ।
गत साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । सो साता जलविद्युत उपसमूहको परिसूचक २.८२ प्रतिशत बढेको छ । अघिल्लो साता २४२९ दशमवल ९९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ६८ दशवमल ४१ अंक बढेर २४९८ दशमवल ४० विन्दुमा बन्द भएको छ ।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यसैगरी ओरालो लागेमा भने २२०० विन्दुमा टेवा पाउने देखिन्छ ।















