Dhulikhel Eco Banner new

जयनगर–बर्दिबास रेलमार्ग निर्माणबारे समितिको चासो

5.03K
shares

काठमाडौं, ८ भदौं । धनुषाको कुर्थाबाट महोत्तरीको बर्दिबाससम्म निर्माणाधीन ३५ किलोमिटर लामो ब्रोडगेज रेलमार्ग निर्माणकार्यबारे प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले चासो देखाएको छ ।

रेल निर्माणका क्रममा देखिएको मुआब्जा विवाद, निर्माण कार्यको अवस्था, समस्या समाधानका उपायलगायत बारेमा समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा समितिका सदस्यहरूको टोलीले निर्माणाधीन सो रेलमार्गको निरीक्षण भएको छ । महोत्तरीको बर्दिबासबाट भारतको जयनगरसम्मको रेलमार्गको निरीक्षण गरी टोलीले कुर्थाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेशसभाका सदस्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफलसमेत गरेको छ ।

छलफलका क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखले रेलमार्ग निर्माणका सन्दर्भमा उत्पन्न भएको मुआब्जा विवाद समाधानका लागि सङ्घीय सरकारले ठोस नीति बनाउनुपर्ने र त्यसमा आफूहरूले आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सो अवसरमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भारतको जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको जानकारी दिए । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । त्यसयता रेलसेवा दैनिक सञ्चालनमा छ ।

निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्दै आएको महाप्रबन्धक झाको भनाइ छ । उनका अनुसार जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ मा अर्को रेल छुट्ने गरेको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको