Dhulikhel Eco Banner new

नेशनल हाइड्रोपावरको साधारणसभा पुनः भदौ १७ गते

4.98K
shares

काठमाडौं, १२ भदौ । नेशनल हाइड्रोपावर कम्पनीले विषेश साधारणसभा गर्ने मिति सारेको छ । कम्पनीले भदौ १० गते बस्ने भनेको साधारयासभा सारेर भदौ १७ गतेलाई पुनः राखेको हो । सभा गर्नै भने पनि गुणपररक संख्या कम भएपछि कम्पनीले सभा सारेको हो । गर्दैछ । सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ ।

कम्पनीले सभामा बोनश शेयर वितरण र सुनकोशी हाइड्रोपावरको प्राप्तीपछि कायम शुन आउने पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृत प्रदान गर्ने, हकप्रदश शेयर सुनकोशी हाइड्रोपावरको प्राप्तीको कारणले कम्पनीको पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र दफा ६ को ख र ग को संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको एक सय प्रति कित्ताको२२ हजार ४७० कित्ता साधारण शेयर वापत जम्मा ७ लाख २५ हजार को आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकाले कम्पनीको हिसाबमा १५ लाख २२ हजार भुक्तानी प्राप्त नभएको देखिँदै आएको हिसाब मिलन गर्नका लागि २२ हजार ४७० कित्ता शेयरलाई व्यवस्थापन गर्नुपर्ने भएकाले संचालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्नेछ ।