Dhulikhel Eco Banner new

४५ दिनमा १ खर्ब बढीको राजश्व संकलन

4.23K
shares

काठमाडौं, १६ भदौ ।सरकारले चालू आर्थिक वर्षको डेढ महिनामा लक्ष्यको १ खर्ब बढी राजश्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षको ४५ दिनमा १ खर्ब १४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को डेढ महिनाको प्रगति विवरणमा अनुसार १ खर्ब बढीको राजश्व संकलन भएको देखिएको छ । सरकारले बजेटमार्फत् चालु आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

पछिल्लो समय सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन केही वस्तुको आयातमा गरिएको कडाइका कारण लक्ष्यबमोजिम राजस्व संकलन हुन नसकेको हो ।