मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना
वि.सं.२०७९ भदौ २२ बुधवार १०:०६
4.37K
shares
shares

काठमाडौं, २२ भदौं । देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिनमा प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।















