Dhulikhel Eco Banner new

एशियन लाइफको संस्थापक शेयरमा आजबाट आवेदन दिन सकिने

4.6K
shares

काठमाडौं, २२ भदौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको ( भदौ २२) मितिबाट १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि बिक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।