Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम म्याद

5.88K
shares

काठमाडौं, २२ भदौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ८ गतेदेखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर लिलामी मार्फत बिक्री गरेको हो ।

उक्त शेयरको मुल्य ३२५ रुपैयाँ रहेको छ । उक्त शेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले असार २४ गते उक्त शेयर बेच्न ३५ दिने सुचना जारी गर्दा उक्त शेयरका लागि कुनै आवेदन नपरेपछि लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।