घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ भदौ २२ बुधवार ११:४५
3.82K
shares
shares

काठमाडौं, २२ भदौं । आज बजारमा सुनको भाउ घटेको छ । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । भने चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १ हजार ११० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















