Dhulikhel Eco Banner new

नेपाली सेनाले खुलायो ४ हजारका लागि जागिर, आवेदन दिन के-के चाहिन्छ ?

4.95K
shares

काठमाडौं, २४ भदौ । नेपाली सेनाले देशका विभिन्न २८ वटा ब्यारेक तथा गुल्मबाट जनशक्तिको माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरेको हो ।

खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ ।

आज भदौ २४ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असोज २४ देखि असोज ३० सम्म आवेदन दिन सकिने छ। आवेदन शुल्क १५० रुपैयाँ रहेको छ । १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।

पुरुषको हकमा उचाई ५ फिट ३ इन्च हुनु पर्ने छ भने महिलाको हकमा उचाई ५ फिट हुनु पर्ने छ । पुरुषको हकमा छाती फुलाउँदा ३४ इन्च र नफुलाउँदा ३२ इन्च हुनु पर्ने छ । पुरुषको हकमा तौल ५० केजी र महिलाको हकमा न्युनतम तौल ४० केजी हुनु पर्ने छ । बहालवाला सैनिक भएमा बाहेक अविवाहितहरुले मात्र आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ । कक्षा ९ र १० उत्तीर्ण हुनेहरुले पनि कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यताको प्रमाण–पत्र अनिवार्य रुपमा बुझाउनु पर्ने छ र कक्षा ८ उत्तीर्णको प्रमाण–पत्रमा न्यूनतम २ जिपीए अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने ब्यबस्था सेनाले गरेको छ ।

एस.एल.सी./एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गर्नेहरुले पेश गरेको प्रमाण–पत्रहरु मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाण–पत्रमा न्यूनतम 2 GPAअनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । साथै, यस बमोजिम प्रमाण–पत्र पेश गर्ने उम्मेदवारहरुले एस.एल.सी./एस.ई.ई. सहित हासिल गरेको सबै शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि बुझाउनु पर्ने सेनाले उल्लेख गरेको छ ।