Dhulikhel Eco Banner new

आइएमई पेले अब दिँदैछ ७.१३ प्रतिशत ब्याज

4.65K
shares

काठमाडौँ, ६ असोज । ब्याज दिने एकमात्र वालेट आइएमई पेले यो महिनाबाट प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरेको हो ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १, ००० कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन् ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।

यस्का साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।