हाथवे इन्भेष्टमेन्टको साधारणसभा असोज २८ गते, के के छन् एजेण्डा ?
वि.सं.२०७९ असोज ७ शुक्रवार १२:२६
shares

काठमाडौं, ७ असोज । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको चौधौ वार्षिक साधारणसभा असोज २८ गते गर्ने भएको छ । काठमाडौं लैनचौरस्थित होटल एम्बास्डरमा उक्त दिन दिउँसो ३ बजे साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
साधारण सभामा चुक्ता पुजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । त्यसैगरी आव २०७८७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी विशेष साधारण सभाले कम्पनीले खरीद तथा लगानी गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।
















