Dhulikhel Eco Banner new

करेन्ट लागेर एक जनाको मृत्यु

4.77K
shares

काठमाडौं, १५ असोज । संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर १ चाँदनी चोकमा करेन्ट लागेर मोरङको केराबारीका ४२ वर्षीय वद्री विष्टको मृत्यु भएको हो ।

शुक्रवार दिउँसो खाँदबारी नगरपालिका वडा नम्बर १ चाँदनी चोकमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल जनाएको छ । विष्ट निर्माणाधीन रेडक्रस सोसाइटीको साइट इञ्चार्ज रहेका थिए ।