एमाले नेता घनश्याम भुसालद्धारा एमाले परित्याग
वि.सं.२०७९ असोज २२ शनिवार १५:१५
5.21K
shares
shares

काठमाडौं, २२ असोज । नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।
भुसालले फेसबूकमा लामो स्टाटस लेख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ भुसालले लेखेका छन् ।


















