१५ स्थानमा मतदान स्थगित
वि.सं.२०७९ मंसिर ४ आइतवार १७:००
4.25K
shares
shares
प्रतिकात्मक तस्विर
काठमाडौं, ४ मंसिर । आइतबार भएको निर्वाचनमा देशभरका १५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । विभिन्न कारणले मतदान कार्य स्थगित गरिएको निर्वाचन आयोगले जानकारी दिएको हो ।
निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

















