Dhulikhel Eco Banner new

सहज रुपमा फोटो खिच्न नदिएको भन्दै पिजे क्लबले जनायो आपत्ति

5.19K
shares

काठमाडौं, ४ मंसिर । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था फोटो पत्रकार क्लब (पिजे क्लब)ले फोटो पत्रकारलाई सहज रुपमा तस्वीर तथा भिडियो खिच्न नदिएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार भएको निर्वाचनको स्वतन्त्र, निर्वाध र सहज ढंगले तस्वीर र समाचार संकलन गर्न नदिएको भन्दै पिजे क्लबले आपत्ति जनाएको छ ।

‘काठमाडौै र भक्तपुर लगायत बिभिन्न मतदान स्थलहरुमा फोटोपत्रकारहरुलाई तस्वीर संकलन र सम्पे्रषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पु–याउने आदी कार्यको फोटोपत्रकारको फोटोपत्रकार क्लब घोर भत्र्सना गर्दछ’ क्लबका पत्रकार विकास द्वारेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आयोगसँग विगतमा भएको पटक पटकको छलफलमा समेत फोटो पत्रकारहरुलाई तस्वीर संकलनमा सहजीकरण गर्ने, कुनै प्रकारको बाधा नगर्ने प्रतिबद्घता ब्यक्त गरेकामा अहिले आयोगले नै रोकेको भन्दै आपत्ति जनाइएको छ ।