Dhulikhel Eco Banner new

देशभर मतदानको समय सकियो, केही स्थानमा भने मतदान जारी

4.49K
shares

काठमाडौं, ४ मंसिर । प्रदेश र प्रतिनिधिसभाको लागि भएको निर्वाचन सकिएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे सकिएको हो ।

देशभरका केही बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य सकिएको र मदपेटिका मतगणना स्थलमा ल्याउने कार्य भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए । उनका अनुसार देशभर केही छिटफुट बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा खसेको मतको एकिन तथ्यांक आउन केही समय लाग्ने उनले बताए ।

केही मतदान केन्द्रमा अहिले पनि मतदान कार्य भइरहेको अवस्थामा तोकेर भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।