१ हजार रुपैयाँले बढ्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ मंसिर ८ बिहीवार ११:३७
4.36K
shares
shares

काठमाडौं, ८ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधवारका दिन बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले र चाँदीको मुल्य ५ रुपैयाँले घटेको थियो ।

















