बाँकेको चिसापानी सडकखण्ड अबरुद्ध, गन्तव्यमा हिडेका यात्रु अलपत्र
वि.सं.२०७९ पुस १० आइतवार १४:१८
shares

काठमाडौं, १० पुस । सुर्खेत-नेपालगन्ज सडकखण्ड अन्तर्गत बाँकेको चिसापानीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । पुस ८ गते सुर्खेतको हर्रेमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवालाई क्षतिपूर्ति दिनु पर्ने माग राखेर स्थानीयले सडक बन्द गराएका हुन् ।
स्थानीय हातमा लाठ्ठी, मुङ्ग्रा सहित सडकमा प्रदर्शन गरिरेका छन् । उनीहरुले माग पुरा नभएसम्म सडक नखोल्ने बताइरहेका छन् । यो क्षेत्र बाँकेको बैजनाथ गाउँपालिकामा पर्छ । आन्दोलनमा उत्रियका स्थानीय निकै आक्रामक देखिएका छन् भने त्यहाँ प्रहरीको उपस्थिति समेत छैन । जसका कारण यात्रुहरुले निकै असुरक्षित महशुस गरिरहेका छन् । प्रहरीले सडक खुलाउने विषयमा कुनै पहल समेत नगरेको यात्रुहरुको गुनासो छ ।

घटना सुर्खेतमा भए पनि बाँकेको सडक अवरुद्ध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले गुनासो गरे । उनका अनुसार अहिले सडक खुलाउने विषयमा छलफल भइरहेको छ । साथै घटना सुर्खेत जिल्लामा भएकाले त्यहाँ पनि समन्वय भइरहेको खत्रीले बताए । मृत्यकका आफन्तले १० लाख क्षतिपूर्ति पाउनु पर्ने माग गरिरहेका छन् ।















