Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकको साधारणसभा पुस ३० गते, लाभांशको प्रस्ताव पारित गर्ने

4.51K
shares

काठमाडौं, १० पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सो सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गरी ६ अर्ब ४२ करोड ९ लाख २७२ रुपैयाँ ५१ पैसा पुर्याउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।