Dhulikhel Eco Banner new

१४ औँ चितवन महोत्सवको तयारी पुरा, अर्थतन्त्र चलायमा बनाउन सहयोग पुग्ने

5.06K
shares

काठमाडौं, २१ पुस । १४ औँ संस्करणको चितवन महोत्सको तयारी पुरा भएको छ । पुस २५ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइएको हो ।

२०५३ सालदेखि आयोजना गरिदै आएको महोत्सव अघिल्लो वर्ष भने कोभिडका कारण २ दिन मात्रै सञ्चालन गरेर बन्द गर्नु परेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष तथा आयोजक समितिका मूल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए । यो पटकको महोत्सवमा कृषिलाई पहिलो प्राथमिकता दिइएको उनको भनाइ छ ।

महोत्सवमा ४५० वटा स्टलहरु रहने र १० दिनसम्म चल्ने समारोहमा ५ लाख बढी दर्शकले अवलोकन गर्ने तथा २५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । चितवनको नारायणी नदी किनारामा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने छन् ।

त्यस्तै महोत्सवमा चितवनका स्थानीय खानालाई प्रबद्र्धन गर्ने उद्देश्यले पुस २८ गतेदेखि माग २ गतेसम्म क्याम्पाचौरमा फुट फेस्टिभल समेत आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उद्याग वाणिज्य संघ चितवनको आयोजनामा सञ्चालन हुने महोत्सवमा मुख्य पवद्र्धकका रुपमा भरतपुर महानरपालिका र जिल्ला समन्वय समिति चितवन हरेका छन् । महोत्सवमा चितवनका सबै पालिकाहरुको विशेषता झल्कीने किसिमको स्टलहरु राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा चितवनको कृषि, शिक्षा, स्वाथ्य, पर्यटन लगायतका विषयमा गोष्ठी समेत आयोजना गरिने बताइएको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यस्ता महोत्सवले आर्थिक क्षेत्र चलायमान बन्न सहयोग पुग्ने धारणा व्यक्त गरे । सरकारले गर्नु पर्ने यस्ता मेलाहरु निजी क्षेत्रले गर्नु परेको र त्यसका लागि प्रदर्शन केन्द्र समेत नरहेकाले समस्या हुने गरेको गुनासो गरे । त्यस्तै सरकार बैंकसँग नजिक बनेको आरोप लगाए ।