GBIME

शिखर इन्स्योरेन्स महानगरको फन्दामा

1.28K
shares

काठमाडौं, २६ पुस । शिखर इन्स्योरेन्स वीरगन्ज महानगरपालिकाको फन्दामा परेको छ । महानगरपालिकाले इन्स्योरेन्सलाई जथाभावी फोहोर फालेको भन्दै कारबाही गरेको हो ।

महानगरपालिकाले शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ जरिवाना तिराएको छ । महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानका अनुसार फोहोरको प्रकृति अनुसार जरिवाना तिराइएको छ । जस अनुसार महालक्ष्मी फ्लावर पसललाई महानगरले ५०० रुपैयाँ जरिवाना तिराएको संयोजक खेतानले जानकारी दिए ।

पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि जरिबाना गरिएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले बताए । ‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिङ्ग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो । यति गर्दा पनि सार्वजनिक ठाउँमा फोहोर फाल्ने काम नरोकिएकाले आर्थिक जरिवाना तिराइएको हौँ,’ उनले भने ।

पछिल्लो सयम दैनिक जसो जथाभावी फोहोर फाल्नेहरुलाई आर्थिक जरिवाना तिराउने कार्य महानगरले गरिरएको छ । सोमबार मात्रै पनि महानगरले कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिबाना तिराइएको थियो ।

महानगरपालिकाकामा राजेशमान सिंह प्रमुखका रुपमा निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै आएको छ । त्यस्तै महानगरले ग्लोबल आईएमई बैंकलाई पनि जथाभावी फोहोर फालेको भन्दै ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।