GBIME

गणतन्त्र अप्ठ्यारोमा छ : एमाले महासचिव पाखरेल

900
shares

काठमाडौं, ३० पुस । लोकतन्त्र गणतन्त्र अहिले समस्यामा रहेको नेकपा एमालको महासचिव शंकर पोखरेले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च– नेपाल (मानव अधिकार एलाइन्स) एलाइन्सको वागमती प्रदेशको पहिलो सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र निकै अफठ्यारोमा रहेको भन्दै यसका लागि सबै पक्ष सचेत हुनु पर्ने उनको भनाइ थियो । ‘अहिले अर्थतन्त्र डिलमा छ । यसलाई लयमा ल्याउनका लागि धेरै महनत गर्नु पर्ने अवस्था देखिन्छ,’ उनले भने । लोकतन्त्र, गणतन्त्र पनि अहिले समस्यामा रहेको बताएका महासचिव पोखरेलले यसको संस्थागत विकासका लागि सबै सचेत रहनु पर्ने धारणा व्यक्त गरे ।  कम्युनिष्टहरु मानवअधिकारका प्रवद्र्धक रहेका बताएका उनले यसमा प्रतिबद्ध रहेको समेत बताए ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले देशको विकासका लागि राज्य, बजार र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । राज्यसंघ प्रशस्त शक्ति हुने, बजारसँग अर्थतन्त्र र नागरिक समाजले नागरिका भावना उठाउने उनको भनाइ थियो ।

त्यस्तै आयोगका सचिव मुरारीप्रसाद खरेलले पछिल्लो समयमा मानवअधिको परिभाषामा पनि परिवर्तन आएको बताए । द्धन्द्धको समयमा मानिसको ज्यान जोगाउने विषय मुख्य रहेको भए पनि अहिले मानिसको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई बढी महत्व दिइएको उनको भनाइ छ ।

७५ वर्ष पहिले बनेको मानवअधिकारको विश्वव्यापि घोषणा पत्र अहिले पनि निकै सान्दर्भिक रहेको उनको तर्क थियो । आयोग र मानव अधिकार आयोगको क्षेत्रमा काम गर्ने संघ संस्थाको भूमिका निकै महत्वपूर्ण हुने बताएका सचिव खरेलले आयोगका सिफारिस कार्यान्वयन गरेर आयोगलाई बलियो बनाउ पनि सबै पक्षलाई आग्रह गरे ।

१३ जिल्लाका ८० जनाभन्दा बढी प्रतिनिधिहरुको सहयागिता रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । संघीयतामा गएपछि सोही अनुसारको संरचना निर्माणका लागि काम भइरहेको र त्यसै अनुसार दुई वटा प्रदेशको अधिवेशव सकिएको एलाइन्सका केन्द्रीय सचिव तथा वागमती प्रदेशका इन्चार्ज विष्णु बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार यो अधिवेशनले एलाइन्सको आगामी योजना र रणनीति तयार पार्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ । कार्यक्रमले १५ बुँदे घोषणा पत्र पनि जारी गर्ने खत्रीको भनाइ थियो । एलाइन्सलाई तहसम्म पुर्‍याउनले लक्ष्य लिइएको खत्रीले बताए । सामाजिक सांस्कृतिक आन्दोलनलाई राजनीतिसँग जोडनका लागि एलाइन्सले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।