Mangaldeep Aagarbatti
GBIME

एमाले नै मानव अधिकारको प्रर्वद्वक हो : महासचिव पाखरेल

1.57K
shares

काठमाडौं, ३० पुस । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च-नेपाल (मावअधिकार एलाइन्स) को वाग्मती प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । काठमाडौंमा सुरु भएको अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरलले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले संघीयतामा गएपछि सोही अनुसार कार्यान्वयन भइरहेको र एलाइन्ले सिंगो प्रदेशको मानव अधिकारको नेतृत्व गर्ने दाबी गरे । मानव अधिकारको विषयमा जयपृथ्वी बहादुर सिंहको मानवताबादी संघबाट सुरु भएको बताएका पाखरेलले पञ्चायत कालमा त्यो बन्द भएको बताए । कम्युनिष्टहरु मानवअधिकारका प्रर्बद्वक रहेका बताएका उनले यसमा प्रतिबद्ध समेत रहेको दाबी गरे ।

‘मानव अधिकारको प्रर्वद्वक हामीनै हौं । यसमा कुनै शंका नै छैन । यसलाई अझ अगाडी बढाउने काम पनि हामीले नै गर्न पर्छ,’ उनले भने ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले देशको विकासका लागि राज्य, बजार र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । राज्यसंघ प्रशस्त शक्ति हुने, बजारसँग अर्थतन्त्र र नागरिक समाजले नागरिका भावना उठाउने उनको भनाइ थियो ।

त्यस्तै मानव अधिकार एलाइन्सका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मिन बहादुर शाहीले नागरिक समाजको बलियो पक्ष भनेको आवाज रहेको बताएका छन् ।

१३ जिल्लाका ८० जनाभन्दा बढी प्रतिनिधिहरुको सहयागिता रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । संघीयतामा गएपछि सोही अनुसारको संरचना निर्माणका लागि काम भइरहेको र त्यसै अनुसार दुई वटा प्रदेशको अधिवेशव सकिएको एलाइन्सका केन्द्रीय सचिव तथा वागमती प्रदेशका इन्चार्ज विष्णु बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार यो अधिवेशनले एलाइन्सको आगामी योजना र रणनीति तयार पार्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ । कार्यक्रमले १५ बुँदे घोषणा पत्र पनि जारी गर्ने खत्रीको भनाइ थियो ।

एलाइन्सलाई तहसम्म पुर्‍याउनले लक्ष्य लिइएको खत्रीले बताए । सामाजिक सांस्कृतिक आन्दोलनलाई राजनीतिसँग जोडनका लागि एलाइन्सले महत्वपूणै भूमिका खेलेको उनको भनाइ छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100