Dhulikhel Eco Banner new

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १७८ रुपैयाँ

7.76K
shares

काठमाडौं, २४ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँले बढाएको हो ।

ईण्डियन आयल कर्पोरेशबाट मूल्य बढेर आएकाले मूल्य बढाएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भारतबाट १ फेब्रुवरी २०२३ (माघ १८, २०७९) मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा ८.१ रूपैयाँ प्रतिलिटर, डिजेलमा ७.९८ प्रति लिटर मट्टितेलमा, ४.६१ प्रति लिटर र हवाई इन्धनमा ७.८० प्रतिलिटर बढेर आएको निगमले जनाएको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेलमा प्रति लिटर १७५ कायम गरिएको छ । साथै हवाई ईन्धन र एल. पि. ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ । निगमले नेपाल सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई फेब्रुवरी २०२२ मा तिर्नुपर्ने बक्यौता भुक्तानी गरी करिब १६ अर्ब ३० करोड तिर्न बाँकी रहेको जनाएको छ ।