दीपक मनाङ्गेको सांसद पद खारेज गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश
वि.सं.२०७९ चैत २ बिहीवार १०:१६
shares

काठमाडौ, २ चैत्र । सर्वोच्च अदालतले दीपक मनाङ्गेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासले पूर्ण सुनुवाईकै क्रममा निरुपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले लिखित जवाफ प्राप्त भएको दुई साताभित्र पेशी तोक्न पनि निर्देशन दिएको छ। इजलासले गुरुङ विरुद्धको ज्यान मार्ने उधोग मुद्धामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर सर्वोच्च अदालतमा कुनै निवेदन वा पुनरावेदन परेको नपरेको सम्बन्धी मिसिल अवलोकनार्थ साथै राखेर पेश गर्न आदेश गरेको छ ।
जिल्ला अदालतबाट भएको फैसला बमोजिम गुरुङले सजाय पुरा गरेपनि पाटन पुनरावेदन अदालतले सजायको अवधि बढाएर ५ वर्ष पुर्याएको र त्यो भोग्न बाँकी रहेको रिट निवेदकको दावी छ।


















