Dhulikhel Eco Banner new

पशुपतिक्षेत्रमा हिन्दु विश्वविद्यालय स्थापनाले पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ : मन्त्री किराँती

6.15K
shares

काठमाडौं, २ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा हिन्दु विश्वविद्यालय स्थापनाले, मुलुकको पर्यटन र अर्थतन्त्रको क्षेत्रमा सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज काठमाडौंमा पशुपति क्षेत्रमा हिन्दु विश्वविद्यालय स्थापनार्थ अवधारणा पत्र तयार गर्न गठित समितिका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले विश्व विद्यालयको स्थापानले पर्यटनक्षेत्रको विकास सहित अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने मात्रै नभई सांस्कृतिक कुटनीतिलाई समेत सशक्त बनाउने विश्वास व्यक्त गरे ।

सबैमा राष्ट्रको माटो र माटोको संस्कारप्रतिको चिन्तन विकास भएमा राष्ट्रको सर्वाङ्गीण विकासमा जुट्न सक्ने जनशक्ति उत्पादन हुनेछ अपेक्षाका साथ विश्वविद्यालयको स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।

‘पशुपति क्षेत्रमा हिन्दु विश्वविद्यालय स्थापना संस्कृतिक कुटनीतिलाई शसक्त बनाउने माध्यम पनि हो । यस कार्यले पर्यटन र देशको आर्थिक क्षेत्रको विकास हुन्छ । आधुनिक नेपालको सभ्यताको प्रारम्भ यहीँबाट हुन्छ जस्तो लाग्छ । ’

विद्यालय निर्माण गर्दा देश विदेशबाट अनुसन्धानकर्ताहरुको आगमन हुने भएकोले पनि शैक्षिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुको प्रवद्धन हुने प्रष्ट देखिने उनको भनाई छ ।