Dhulikhel Eco Banner new

होप नेपालको पहलमा जानकी बृद्धाश्रममा आर्थिक सहयोग

8.45K
shares

काठमाडौं, १४ चैत । होप नेपालका पहलमा जनकपुरधामको जानकी बृद्धाश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

मंगलबार होप नेपालका संचालक डा. जय प्रकाश महतोको अध्यक्षतामा वृद्व आमाहरुको सहयोगको लागि जानकी महिला बृद्धाश्रमका कार्यकारणी अध्यक्ष पवन ठाकुरलाई ३४ हजार ६ सय ५ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने ‘दाताहरूको सहयोगले धानेको यस बृद्धाश्रममा केन्द्र सरकारले हरेक वर्ष १५ लाख आर्थिक सहयोग गर्दैआइरहेको थियो तर देश संघीय संरचनामा गइसकेपछि केन्द्रको सहयोग रोकिएको छ भने प्रदेश सरकारले वास्तै गरेको छैन । ’

२०५३ सालमा खुलेको बृद्धाश्रममा अहिले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर, बारालगायत जिल्लाबाट आएका १५ जना आमाहरूले आश्रय लिइरहेका छन् ।