प्रचण्डलाई ओलीको प्रहार : यता प्रधानमन्त्री खाँदै होला भन्या त उता पट्टि थुतुनो पसारिरा
वि.सं.२०७९ चैत १९ आइतवार १८:१६
shares

काठमाडौं, १९ चैत । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डको निन्दा गरेका छन् ।
काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई इमान नभएको र स्वार्थको पछि दौडने तत्वको संज्ञा दिएका हुन् ।
आफूले प्रधानमन्त्री बनाए पनि स्वार्थका कारण प्रचण्डले गठबन्धन तोडेको उनको आरोप छ ।
‘यहाँ प्रधानमन्त्री खुवाइयो, डुँडमा खाँदै होला भन्या त उता पट्टि गएर ।’ उनले भने ‘एउटा पत्रिकाले यस्तो निकाल्या अकंमाल गरेको मुख उता पट्टी फर्काएको उत्तापट्टि थुतुनो यत्ति लामो । हामीलाई त थाहा थियो तर पत्रकारले पनि बुझेकै रेहेछ ।’
प्रचण्डले आफूसंग अँगालो मारेर अर्कापट्टि माया गाँसेको उनको टिप्पणी छ । ‘अँगालो मसँग मा¥या छ मुन्टो उत्तापट्टि फर्काएको छ उत्तापट्टि थुतुनो यति पसारेको छ ।’ उनले भने ‘यस्ता इमानमा अड्न नसक्ने इमान नभएकाको, स्वार्थकापछि लाग्ने तत्वहरुसंगरूसँग गठ जोड गरेर हुँदैन ।’
प्रचण्डले नेपालमा जात जातिबीच हिंसा भड्काउन भूमिका खेलेको उनको आरोप छ । प्रचण्ड पथको काम हो जाति जातिको बीचमा भिडन्त गराउने हाम्रा सङ्गठनहरूको उद्देश्य भिडाउने लडाउने होइन सौहार्द्यता बढाउने हो, उनले भनेका छन् ।
उनले वामपन्थी एकतालाई ढोडका लौराको संज्ञा दिए । उनले भने ‘वामपन्थी एकता एकता भन्दा भन्दै, अस्ति भर्खरै गरेनौ हामीले, कुहिएको ढोडका लौरा टेक्न खोजेनौ हामीले ?’

















