Dhulikhel Eco Banner new

सरकारको नीति तथा कार्यक्रम माथि आज दुवै सदनमा छलफल हुँदै

3.89K
shares

काठमाडौं ८, जेठ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम माथिको छलफल आज संघीय संसदका दुवै सदनमा जारी रहने भएको छ ।

सरकारले जेठ पाँच गते (शुक्रबार) राष्ट्रिय र प्रतिनिधिसभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा सांसदहरुले छलफल गरी आ–आफ्नो धारणा राख्नेछन् ।

आइतबारबाट सुरू गरिएको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले हिजो संघीय संसदको प्रतिनिधि सभामा धारणा राखेका थिए ।

सोही नीति तथा कार्यक्रम माथि आज पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजेपछि छलफल सुरु हुनेछ भने आजै सरकारको नीति कार्यक्रममाथि छलफल गर्न दिउँसो एक बजे राष्ट्रिय सभाको पनि बैठक बोलाईएको छ ।