Dhulikhel Eco Banner new

नेपाल एउटा सुन्दर स्यान्वीच हो, कुनैपनि समय खाइन सक्छौं : उपसभामुख राना मगर

4K
shares

काठमाडौं, २९ जेठ । उपसभामुख इन्दिरा राना मगरले जलवायु परिर्वतनको असरका कारण नेपाल ठुलो संकटमा पर्दै गएको टिप्पणी गरेकी छिन् ।

ललितपुरको युएन पार्कमा विश्व वातावरण दिवसको सन्र्दभ पारेर आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधनगर्दै उनले शक्तिशाली देशको बीचमा रहेको नेपालमा आफ्नो कारणले भन्दा अरुको कारणले जलवायु परिर्वतनको क्षेत्रमा धेरै क्षति पुगेको र त्यस्तो क्षतिबाट बच्न आवश्यक कानून निर्माण हुन आवश्यक रहेको बताइन् ।

‘ न्यूक्लियरको कुरा पनि छ, न्यूक्लियरले पनि जलवायुलाई कुहाउने काम गर्छ, जस्तै क्यान्सरको उपचार हुन्छ । यसमा पनि नेपालले आफूमा भएको स्रोतलाई कसरी प्रयोग गर्न सकिन्छ र त्यसको कानून बनाउनु पर्छ ।’ उनले भनिन् ‘उर्जा ऐजेन्सी अमेरिकाबाट आउँनु भएको मानिसहरुसँग मैले यही कुरा गरेको थिए । नेपालमा तत्कालै हामीलाई कानूनको आवश्यकता छ, किनभने हामी दुईवटा शक्तिशालि देशको बीचमा रहेको एउटा राम्रो स्यान्डवीच हो, कुनैपनि समय हामी खाईन सक्छौ, त्यसले गर्दा देशको लागि कानून भयो भने न्यूक्लियर आयात गर्दा कसैलाई क्षति भयो भने जसले ल्याएको हो त्यो देशले व्यहोर्नुपर्छ ।’

जलवायु परिर्वतनको असरबाट बच्न आवश्यक कानून निमार्ण हुनुपर्नेमा जोड दिएकी छिन् ।
त्यस्तै जलवायु परिर्वतनको असरका कारण नेपाल सबैभन्दा धेरै मारमा परेको र महिलाहरुले त्यसबाट धेरै दुःख पाएको उनको भनाई छ ।

विश्व सुसमाचार समाज परमेश्वसरको मण्डली नामक संस्थाले आयोजना गरेको ब्लु कार्बन सप्ताह अन्र्तगत सरसफाई कार्यक्रममा उनले जलवायु परिर्वतनकै कारण नेपालमा ठुलो धनजनको क्षति भएको बताइन् ।

उनले भनिन् ‘जलवायुको कारणले सबैभन्दा मार नेपाललाई परेको छ, संसारभर छ तर नेपाललाई सैबभन्दा मार परेको छ, तराईमा हेर्ने हो भने, तराईमा जलवायु परिवर्तन कै कारणले बाढि आएर बस्ती बगाएको छ, बेमौसमि पानी परेको छ। तापक्रम हेर्ने हो भने ४७ डिग्रिको तातो छ ।’
जलवायु परिर्वतनको असरबारे बुझ्न केही समय अगाडि हिमाली क्षेत्रमा गएको स्मरणगर्दै उनले त्यहाँ पुगेपछि यसको असर महिलामा बढी परेको पाएको बताइन्।

‘जलवायुको कारण सेता हिमालहरु काला पहाडहरुमा परिणत भएको छ, हिउ नपरेर उत्पादन भईरहेको छैन्। आलु फलाउन नसकेर यहाँबाट खाद्यान्नको लागि तराईमा भर पर्नुपर्छ । महङ्गो मूल्यमा सामान किनेर खानुपर्छ ।’ उनले भनिन् ‘यसको सबैभन्दा धेरै प्रभाव महिला, बालबलिका र जेष्ठ नागरिकलाई परेको छ ।’

सक्रिय जीवन नै मानव जीवनका लागि आवश्यक कुरा रहेको भन्दै उपसभामुख मगरले महिलाहरु धेरै संघर्ष गरेकै कारण धेरै बाच्ने गरेको समेत सुनाइन् ।

‘अहिले सबैभन्दा बढि बाच्ने भनेको नै महिला हो, महिलाले घरको काम गरेर पनि समाजमा आफ्नो स्थान बनाउनको लागि पनि काम गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा बोलिले मात्र केही नहुने हुदाँ काम गरेर देखाउनु आवश्यक हुन्छ’ उनले भनिन् ।