Dhulikhel Eco Banner new

१ अमेरिकी डलर किन्न १३२ रुपैयाँ चाहिने, हेर्नुस् आजको विनिमय दर

5.04K
shares

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आज (मंगलवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।