Dhulikhel Eco Banner new

जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यू

5.32K
shares

काठमाडौं, ५ असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा भएको जिप दुर्घटनामा परि सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यू भएको छ ।

मृत्यू हुनेमा पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको बझाङ प्रहरी जनाएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको पनि प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाँउपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।