Dhulikhel Eco Banner new

जुन सुकै सजाय भोग्न तयार छु तर भारतीय फिल्म चल्दैन र चल्न दिइने छैन : मेयर साह

5.5K
shares

काठमाडौं, ७ असार । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र साह (बालेन) ले आफु जुन सुकै सजाय भोग्न पनि तयार रहेको तर भारतीय फिल्न ‘आदीपुरुष’ कामपामा चल्न नदिने बताए ।

बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमाल एक स्टाटस लेख्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले देशको सवाल र्भएको ठाउँमा कानुन अदालत केहि नमान्ने समेत बताए ।

उनले लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’