Dhulikhel Eco Banner new

पशुपतिनाथ मन्दिरको जलहरी आज पुर्नस्थापना गरिँदै

5.03K
shares

काठमाडौं, १३ असार । पशुपतिनाथ मन्दिरको जलहरी आज पुर्नस्थापना गरिने भएको छ । गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी आज पुर्नस्थापना गर्न लागिएको हो ।

जलहरी पुर्नस्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो ।

जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।