Dhulikhel Eco Banner new

एनआरएनएका नेता शेरचनले महावीर पुनलाई दिए १ लाख

4.97K
shares

काठमाडौं, १० कात्तिक । एनआरएनएका नेता रोविन शेरचनले पोखरामा आइटी हब बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । केन्द्रका प्रमुख महावीर पुनलाई उनले १ लाख नगद हस्तान्तरण गरेका हुन् ।

आविष्कार केन्द्रले पोखरामा आइटी हब बनाउने अभियान चलाएको छ । आर्थिक अभावका कारण काम अघि बढ्न नसकेको पुनले बताए । उनले केही समयअघि आफ्नै लालपुर्जाको जग्गा बेचेर पोखरामा काम गर्ने घोषणा गरेका थिए ।

तर जग्गा विक्री भएको छैन । गण्डकी प्रदेश सरकारसँग पनि उनले आर्थिक सहयोग मागेका थिए । तर कागजी झन्झट दिएको भन्दै सरकारकै आलोचना गर्दै आएका थिए । अघिल्लो वर्ष गण्डकी सरकारले नवप्रवर्तनमा १० करोड विनियोजन गरेको थियो ।