प्राथमिक तहको दिवा खाजाका लागि आठ अर्ब बिनियोजन
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:२४
3.71K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजामा प्रोत्साहित गर्न आगामी आर्थिक वर्षमा आठ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
यो कार्यक्रमबाट साना बालबालिका लाभान्वित भई विद्यार्थी भर्ना हुने दर बढ्ने र प्राथमिक तहको शिक्षामा सुधार हुने अपेक्षा सरकारले लिएको छ।

















