Dhulikhel Eco Banner new

दक्षिणकालीको भिरमा एक महिला र पुरुषको शव फेला

4.76K
shares

काठमाडौं, २४ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिका( ८ केराबारीको भिरमा एकजना महिला र अर्का एकजना पुरुषको शव भेटिएको छ । काठमाडौं–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भिरमा उनीहरूको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

शवनजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुन सक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

नेपाल प्रहरीको विपत् व्यवस्थापन टोली भिरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेको जानकारी दिए । प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको, तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।