सम्पदा लघुवित्तको संस्थापक शेयर विक्रीमा
वि.सं.२०८१ भदौ १२ बुधवार १३:०३
shares

काठमाडौं, १२ भदौ । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको केही शेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर किन्न आवेदन नदिएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः विक्रीमा राखिने कम्पनीले जनाएको छ ।















