बैंकिङ प्रणालीमा ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
वि.सं.२०८१ भदौ १२ बुधवार १३:१३
2.6K
shares
shares

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि ४० अर्ब तरलता खिच्ने भएको छ । तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थालाई निक्षेप राख्न बुधबार ३ बजेसम्मका लागि आह्वान गरिएको छ । सो बोलकबोल माध्यमबाट ब्याजदर निर्धार हुनेछ । बुधबार जारी हुने निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २ गते हुनेछ ।















