Dhulikhel Eco Banner new

सिन्धु विकास बैंकमा सिइओ माग

2.44K
shares

काठमाडौं, ६ असोज । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ । बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै सीईओ माग गरेको हो ।

आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।