ग्लोबल आईएमई बैंकको लाभांश घोषणा
वि.सं.२०८१ असोज २२ मंगलवार १२:५६
3.89K
shares
shares

काठमाडौं, २२ असोज । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयर धनीलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउने छन् । गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस शेयर दिएको थियो । बोनस शेयरका लागि कम्पनीले कर छुट्याएको छैन ।

















