एफपीओ निष्काशन गर्दै समता घरेलु लघुवित्त
वि.सं.२०८१ कात्तिक ४ आइतवार १४:०६
shares

काठमाडौं, ४ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।
संस्थाले प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
शेयरमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
संस्थाले कात्तिक १२ देखि २० गतेसम्म शेयर निष्काशन गर्ने भएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

















