Dhulikhel Eco Banner new

विश्‍वकै छैटौं प्रदूषित सहर बन्यो काठमाडौं

4.47K
shares

काठमाडौं, २९ कात्तिक । काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ । आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।

आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ । छिमेकी भारतको राजधानी शहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढेर गम्भीर श्रेणीमा पुगेको छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ७१ एक्यूआई मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६६, भक्तपुरको १ सय ६५ र शंकरपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ ।